सहज ट्रेड बचत तथा ऋण सहकारी संस्थाको चौथो अधिवेशन ले सरिता ताम्राकार को अध्यक्षतामा ७ सदस्य कार्यसमिति निर्विरोध चयन गरेको छ ।
सो समितिको उपाध्यक्षमा चिन्तामाणि वास्तोला,सचिव माधम प्रसाद तिमिल्सेना ,कोषाध्यक्ष विश्व तण्डुकार ,सदस्यहरुमा मचराजा मर्हजन कल्पना शर्मा, रक्छे लामा रहेका छन् । लेखा समिति संयोजक राजु श्रेष्ठ,कमल कुमार प्रधान ,रामनारायण श्रेष्ठ रहेको समितिलाई निर्वाजन संयोजक बरिष्ठ अधिबक्ता दामुदर अधिकारीले पद सपथ गराउनु भएको थियो । सो अधिवेशनको शुभारम्भ गदै सहकारीका संस्थापक अध्यक्ष कृष्ण बहादुर थापाले सहकारी भावना र सिद्दान्त मा रही संस्था संचालन मा भएका सहकारीहरु लाई समस्या नपर्ने बताए ।
सो साधारण सभाले संस्थाका अध्यक्ष श्याम कृष्ण श्रेष्ठ,सचिव चिन्तामणि वास्तोला ,कोषाध्यक्ष माधव तिमिल्सीना ,ब्यवस्थापक विश्वहरी जोशी , लेखा संयोजक राजु श्रेष्ठ द्धारा प्रस्तुत प्रतिवेदनलाई पारित गरेको छ ।
२०६९ मा स्थानीयहरु द्धारा स्थापीत सहकारीको हाल सेयर पुजी ४ करोड ९६ लाख ,बचत १५ करोड ७४लाख ऋण लगानी १८ करोड रहेको छ । संस्थाका अध्यक्ष श्याम श्रेष्ठको सभापत्तित्वमा भएको कार्यक्रममा सल्लाहकार निरन्जन श्रेष्ठ ,उपाध्यक्ष सरीता ताम्राकार , सचिव चिन्तामणि बास्तोला , कोषाध्यक्ष माधव तिमिल्सीना लगायतले संस्थागत भनाई सहित विविध सम्मान गरीएको थियो ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
गण्डकी कप महिला फुटबल प्रतियोगिता आगामी असार
प्रथम लायन्स कप अन्तर्राष्ट्रिय भलिबलको तयारी
भर्खरै प्रकाशित