logo
Logo Side Banner

पोखरामा फिस्टेल स्पाेर्टस हुने

News LogoMina Shrestha 7 महिना अगाडि
87 2 minutes read

     फिस्टेल एकेडेमी विद्यालयको २९ औँ वार्षिक उत्सवको अवसरमा पोखरामा स्र्पोट्स फेस्ट २०८० हुने भएको छ । पौष ५ देखि ७ गतेसम्म हुने फेस्टमा राष्ट्रिय स्तरको विद्यालयहरुको सहभागिता रहने गरी व्यवस्थापन गरीएको विद्यालयका अध्यक्ष चिनु रानाभाटले बताए ।

 

प्रतियोगिताले विद्यालय स्तरमा विद्यार्थीको शैक्षिक गुणस्तर, विद्यार्थीको शारीरिक विकास, खेलप्रतिको भावना विकास गराउन सफल हुने रानाभाटले बताए । प्रतियोगिता अन्र्तगत टेनिस, छात्रछात्रा सेभेन ए साइड फुटबल, र बास्केटबल प्रतियोगिता हुने र विजयीलाई क्रमश ः ७५ हजार, ३५ हजार र २० हजार सगैँ ट्रफी, प्रमाणपत्र दिने विद्यालयका प्रबन्ध निर्देशक एलिस रानाभाटले बताए ।

 

वि.सं. २०५१ म स्थापित विद्यालयले विगत २९ वर्षदेखि शिक्षा स्वास्थ्य, खेलकुदमा महत्वपूर्ण योगदान दिदैँ हाल ३ वर्षदेखि अन्तराष्ट्रिय स्तरको मापदण्ड अनुसारको शैक्षिक सेवा सहितको एकेडेमी संचालन गर्दै आएको छ । विद्यार्थीलाई जीवनउपयोगीस व्यवहारीक शिक्षा दिन सफल विद्यालयका रुपमा मात्र नभई विद्यार्थीको क्षमता विकास गराउन अन्तराष्ट्रिय कोष मार्फत अध्यापन गराउदैँ आएको प्राचार्य इन्द्रपसाद श्रेष्ठले बताए ।

 

सम्पूर्ण सुविधा सम्पन्न विद्यालयको स्थापना गरीएको विद्यालयलाई अन्तराष्ट्रिये मापदण्ड पुरा गरेको पोखराको पहिलो विद्यालयको रुपमा विकास गराई, पोखरालाई शैक्षिक राजधानीको रुपमा योगदान दिन सफल रहेको सहायक प्राचार्य कमल लामिछानेले बताए । शिक्षाको लगानी बालबच्चाहरुको लागी भएको र उमेरसङ्गै आउने समस्या समाधान हुने किसिमले विद्यालय शिक्षा तालिका अपनाइएको विद्यालयका संस्थापक चिनु रानाभाटले बताए ।

प्रतिक्रिया दिनुहोस