फिस्टेल एकेडेमी विद्यालयको २९ औँ वार्षिक उत्सवको अवसरमा पोखरामा स्र्पोट्स फेस्ट २०८० हुने भएको छ । पौष ५ देखि ७ गतेसम्म हुने फेस्टमा राष्ट्रिय स्तरको विद्यालयहरुको सहभागिता रहने गरी व्यवस्थापन गरीएको विद्यालयका अध्यक्ष चिनु रानाभाटले बताए ।
प्रतियोगिताले विद्यालय स्तरमा विद्यार्थीको शैक्षिक गुणस्तर, विद्यार्थीको शारीरिक विकास, खेलप्रतिको भावना विकास गराउन सफल हुने रानाभाटले बताए । प्रतियोगिता अन्र्तगत टेनिस, छात्रछात्रा सेभेन ए साइड फुटबल, र बास्केटबल प्रतियोगिता हुने र विजयीलाई क्रमश ः ७५ हजार, ३५ हजार र २० हजार सगैँ ट्रफी, प्रमाणपत्र दिने विद्यालयका प्रबन्ध निर्देशक एलिस रानाभाटले बताए ।
वि.सं. २०५१ म स्थापित विद्यालयले विगत २९ वर्षदेखि शिक्षा स्वास्थ्य, खेलकुदमा महत्वपूर्ण योगदान दिदैँ हाल ३ वर्षदेखि अन्तराष्ट्रिय स्तरको मापदण्ड अनुसारको शैक्षिक सेवा सहितको एकेडेमी संचालन गर्दै आएको छ । विद्यार्थीलाई जीवनउपयोगीस व्यवहारीक शिक्षा दिन सफल विद्यालयका रुपमा मात्र नभई विद्यार्थीको क्षमता विकास गराउन अन्तराष्ट्रिय कोष मार्फत अध्यापन गराउदैँ आएको प्राचार्य इन्द्रपसाद श्रेष्ठले बताए ।
सम्पूर्ण सुविधा सम्पन्न विद्यालयको स्थापना गरीएको विद्यालयलाई अन्तराष्ट्रिये मापदण्ड पुरा गरेको पोखराको पहिलो विद्यालयको रुपमा विकास गराई, पोखरालाई शैक्षिक राजधानीको रुपमा योगदान दिन सफल रहेको सहायक प्राचार्य कमल लामिछानेले बताए । शिक्षाको लगानी बालबच्चाहरुको लागी भएको र उमेरसङ्गै आउने समस्या समाधान हुने किसिमले विद्यालय शिक्षा तालिका अपनाइएको विद्यालयका संस्थापक चिनु रानाभाटले बताए ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
गण्डकी कप महिला फुटबल प्रतियोगिता आगामी असार
प्रथम लायन्स कप अन्तर्राष्ट्रिय भलिबलको तयारी
भर्खरै प्रकाशित
लायन्स क्लब अफ पोखरा आदर्श चौतारीद्वारा ६६ युनिट रगत संकलन
आज दशैँको चौथो दिन कुष्माण्डा देवीको पूजाआराधना गरिँदै