संघीय संसदका दुई समितिको आज बैठक बस्दै छ ।
प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति तथा राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछन् ।
बैठकमा राष्ट्रिय सरोकार तथा समन्वय समितिले जाजरकोट, रुकुम पश्चिम सहितका जिल्लाहरुमा भूकम्पबाट भएको जनधनको क्षति, भूकम्प प्रभावित व्यक्तिहरुको उद्वार, घाईतेहरुको उपचार, पीडितहरुलाई उचित राहत, पुर्नस्थापना र क्षति भएका भौतिक संरचनाहरुको पुनर्निर्माणको सम्बन्धमा त्यहाँ देखिएका समस्याहरुबारे उपप्रधान तथा गृह मन्त्री नारायणकाजी श्रेष्ठसँग छलफल गर्ने कार्यसूची राखेको छ ।
यस्तै, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले समितिका आगामी कार्ययोजनाको सम्बन्धमा आजको बैठकमा छलफल गर्ने जनाएको छ ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
विराटनगरलाई,सुपर ओभरु मा हराउँदै पोखराको दोस्रो जीत
सराङकोटमा विशेष फुलपाती बढाई साराङ्ग खेल हुने
भर्खरै प्रकाशित
स्याङ्जामा टिउसन पढ्न बोलाएर बालिकामाथि यौन दुर्व्यवहार
पोखरामा आजदेखि दाइँ महोत्सव हुने