सरकारले गत कात्तिक १७ गते जाजरकोटमा गएको भूकम्पबाट प्रभावित क्षेत्रमा अस्थायी घर, टहरा निर्माण गर्न नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गर्ने भएको छ ।
बुधबार बसेको मन्त्रपिरिषद् बैठकले भूकम्पबाट क्षतिग्रस्त क्षेत्रहरुमा अस्थायी आवास निर्माणका लागि सुरक्षा समितिको सिफारिसमा सेना र प्रहरी परिचलान गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।
गत कात्तिक १७ गते जाजरकोटकोटको रामीडाँडा केन्द्रविन्दू भएर गएको भूकम्पले ठुलो धनजनको क्षति गरेको थियो ।
भूकम्पमा परि १५४ जनाको मृत्यु हुनुका साथै सयौं घाइते भएका थिए ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
गण्डकी कप महिला फुटबल प्रतियोगिता आगामी असार
प्रथम लायन्स कप अन्तर्राष्ट्रिय भलिबलको तयारी
भर्खरै प्रकाशित
लायन्स क्लब अफ पोखरा आदर्श चौतारीद्वारा ६६ युनिट रगत संकलन
आज दशैँको चौथो दिन कुष्माण्डा देवीको पूजाआराधना गरिँदै