logo
Logo Side Banner

खाद्य सम्प्रभुता सम्बन्धी ऐनको परीक्षण प्रतिवेदन सार्वजनिक

News LogoSita एक बर्ष अगाडि
87 2 minutes read

राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिले ‘खाद्य अधिकार तथा खाद्य सम्प्रभुता सम्बन्धी ऐन, २०७५ को दफा १९ को जलवायु परिवर्तनबाट हुने असर न्यूनीकरण सम्बन्धी व्यवस्थाको परीक्षण प्रतिवेदन’ सार्वजनिक गरेको छ । 

समितिले ऐनमा उल्लिखित दफा कार्यान्वयनको अवस्था र प्रभाव  लगायतका विषयको अध्ययन गर तयार गरेको प्रतिवेदन सार्वजनिक गरेको हो । 
जलवायु परिवर्तनबाट खाद्य उत्पादनमा पर्नसक्ने प्रभाव र त्यसबाट हुने जोखिम न्यूनीकरणका लागि आवश्यक सुझाव प्रतिवेदनमा छ। जलवायु परिवर्तनले खाद्यान्नमा परेको असरहरुबारे सरकार गम्भीर हुनुपर्ने प्रतिवेदनमा उल्लेख छ । 

जलवायु परिवर्तनको असरबारे किसानलाई जानकारी गराउन सरकारलाई सुझाव दिइएको छ । त्यस्तै, स्थानीय तहमै बिउबीजन बैंक स्थापना गर्नुपर्ने, कृषि उपजको क्षेत्रको थप विकासका लागि कार्यक्रम सञ्चालन गर्नुपर्ने लगायतका सुझाव पनि छ । 
 

प्रतिक्रिया दिनुहोस