logo
Logo Side Banner

विपिन जोशीको रिहाइको पहल गर्न परराष्ट्रमन्त्री साउद कतार जाने

News LogoSita एक बर्ष अगाडि
87 2 minutes read

परराष्ट्रमन्त्री नारायणप्रकाश साउद (एनपी) कतार भ्रमणमा जाने भएका छन् । 

इजरायलमा प्यालेस्टाइनी समूह हमासको नियन्त्रणमा रहेका भनिएका कञ्चनपुरका विपिन जोशीको रिहाइको पहल गर्न उनी मंसिर २३ गते त्यसतर्फ जाने भएका हुन् । 
यसअघि परराष्ट्र मन्त्री साउदले विपिन जोशीको रिहाइको लागि पहल गरिदिन कतारका विदेश राज्यमन्त्रीसँग आग्रह गरेका थिए । 

विपिन जोशी पढ्दै–कमाउँदै कार्यक्रममार्फत इजरायल पुगेका थिए । 
गत अक्टोवर ७ मा प्यालेस्टाइनी समूह हमासको आक्रमणमा परि १० जना नेपाली विद्यार्थी मारिएका थिए । 

आक्रमणमा परी ६ जना घाइते हुँदा एक जना सम्पर्कवीहिन भएका थिए । 
 

प्रतिक्रिया दिनुहोस