logo
Logo Side Banner

तीन वटा भ्रातृ संस्थामा कांग्रेस सभापति देउवाले गरे अध्यक्ष नियुक्ति

News LogoSita एक बर्ष अगाडि
87 2 minutes read

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ३ वटा भ्रातृ संस्थामा अध्यक्ष नियुक्त गरेका छन् । 

समयमा अधिवेशन नहुँदा स्वतः विघटन भएका ३ वटा भ्रातृ संस्थामा देउवाले मंगलबार अध्यक्ष नियुक्त गरेका हुन् ।
देउवाले नेपाल प्रजातन्त्र सेनानी संघको अध्यक्षमा ओखलढुंगाका बालकृष्ण दाहाल  , राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघको अध्यक्षमा तनहुँका प्रकाश पन्थ र कपिलवस्तुका  मेघराज टण्डनलाई नेपाल भूतपूर्व 

सैनिक संघको अध्यक्षमा नियुक्त गरेको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
उल्लेखित तीन वटै भ्रातृ संस्था कांग्रेसको विधान अनुसार म्याद सकिएर स्वतः विघटन भएका थिए ।

प्रतिक्रिया दिनुहोस