logo
Logo Side Banner

आर्सनल प्रिमियर लिगको शीर्ष स्थानमा

News LogoSita 8 महिना अगाडि
87 2 minutes read

इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनल शीर्ष स्थानमा उक्लिएको छ । शनिबार राति ब्रेन्टफोर्डलाई १–० गोल अन्तरले पराजित गर्दै शीर्ष स्थानमा उक्लिएको छ । आर्सनलले १३ खेलमा ३० अंक बनाएको छ । पराजित भएको ब्रेन्टफोर्ड भने १६ अंकका साथ ११ औँ स्थानमा छ । 

ब्रेन्टफोर्डमाथि जित निकाल्न आर्सनललाई ८९ औँ मिनेट कुर्नु परेको थियो । आर्सनलका केइ हार्भाटेजले अन्तिम समयमा गरेको एकमात्र गोल नै निर्णायक बन्न पुग्यो ।
प्रिमियर लिगकै अर्को खेलमा म्यानचेस्टर सिटी र लिभरपुलले एक एक गोलको बराबरी खेल्दै अंक बाँडे । सिटीले घरलु मैदानमा एर्लिङ हालान्डको गोलबाट २७ औँ मिनेटमा अग्रता लिएको थियो । तर ट्रेन्ट आर्नोल्डले ८० औँ मिनेटमा बराबरी गोल गरेपछि एक अंकमा सिटी चित्त बुझाउन बाध्य भयो । शनिबार नै आर्सनलले ब्रेन्टफोर्डलाई  पराजित गर्दै ३ अंक जोडेपछि सिटी तालिकाको दोस्रो स्थानमा झरेको छ । 

सिटीको २९ अंक भएको छ भने लिभरपुल २८ अंकका साथ तेस्रो स्थानमा छ ।
यसैगरी अन्य खेलमा र्बनले वेस्टह्याम युनाइटेडसँग २–१ गोल अन्तरले पराजित भएको छ भने न्यूक्यासलले चेल्सीमाथि ४–१ को रवाफिलो जित दर्ता गर्न सफल भएको छ । ब्राइटनल नटिङघम फरेस्टलाई ३–२ ले स्तब्ध बनाउँदा बर्नमाउथले सेफिल्ड युनाइटेडलाई ३–१ ले पराजित गरेको थियो ।

प्रिमियर लिग अन्तर्गत आइतबार २ वटा खेल हुने छन् । नेपाली समय अनसार राति पौने ८ बजे टोटनह्याम र एस्टोन भिल्ला आमने सामने हुँदा राति सवा १० बजे एभर्टन र म्यानचेस्टर युनाइटेड भिड्ने छन् ।
 

प्रतिक्रिया दिनुहोस