logo
Logo Side Banner

फिफा विश्वकप २०२६ छनोट ः नेपाल र यमनबीच प्रतिस्पर्धा हुँदै, दर्शकलाई निःशुल्क यातायात सुविधा

News LogoSita 3 महिना अगाडि
87 2 minutes read

राष्ट्रिय फुटबल टोलीले आज फिफा विश्वकप २०२६ छनोटको दोस्रो चरण अन्तर्गत दोस्रो खेलमा यमनसँग घरेलु मैदानमा प्रतिस्पर्धा गर्दैछ । 
अखिल नेपाल फुटबल संघ (एन्फा)ले खेल साँझ ७ बजे दशरथ रंगशालामा सुरु गर्ने जनाएको छ ।

फिफा वरीयतामा नेपालभन्दा यमन १७ स्थान अघि छ । तर आज घरेलु मैदान र दर्शकका सामुन्ने यमनलाई पहिलो पटक हराउने नेपालको लक्ष्य छ ।
नेपालले यमनसँग अहिलेसम्म चार खेल खेलेमा चारवटै खेलमा हार व्यहोरेको छ । 

नेपाली टोलीका प्रशिक्षक भिन्सेन्जो अल्बर्टो अनेसेको आग्रहमा एन्फाले खेललाई साँझ ७ बजे सञ्चालन गर्ने लागेको जनाएको छ । सोमबार प्रशिक्षक अनेसेले ७ बजे खेल सुरु गर्दा कार्यालय समय सकेपछि घरेलु दर्शकको समर्थन नेपाली टोलीलाई हुने भन्दै समर्थनको लागि दर्शकलाई रंगशालामा आगन आग्रह गरे । 

यता, मंगलबारको लागि एन्फाले साँझ ७ बजे खेल राखेसँगै समर्थकहरुलाई घर फर्कन निशुल्क बसको व्यवस्था पनि गरेको छ । यसका लागि टिकटको अर्धकट्टी भने देखाउनुपर्नेछ । दर्शकहरुको सुविधाका लागि उपत्यकाको विभिन्न ठाउँमा बसको व्यवस्था गरिएको प्रतियोगिता संयोजक दीपक खतिवडाले बताए ।

‘हामीले दर्शकहरुलाई घर फर्कन बसको व्यवस्था गरेका छौं । कति दर्शक उपस्थित हुनुहुन्छ त्यहि अनुसार बस संख्या निर्धारण हुन्छ । अहिलेलाई रंगशालाबाट सुन्धारातर्फ, टेकुतर्फ र थापाथलीतर्फ बस लाम लगाएर राख्ने योजना बनाएका छौँ,’ थापाले भने ।
 

प्रतिक्रिया दिनुहोस