पोखरा । पत्रकार तथा मोडल प्रकाश ढकाल मृत फेला परेका छन् ।
शुक्रबारबाट वेपत्ता भएका ढकालको शव धादिङको रोराङ गाउँपालिकाको कृष्ण भीरमा फेला परेको प्रहरीले जनाएको छ । स्याङ्जाबाट शुक्रबार काठमाडौं आउँदै गर्दा पत्रकार ढकाल वेपत्ता भएका थिए ।
उनी हाल लालिगुरासँ डटकममा कार्यरत रहेका थिए । उनको हत्या भएको परिवारको आशंका रहेको छ । परिवारले शंका लागेका केही व्यक्तिविरुद्ध जाहेरी दिने तयारी गरेका छन् । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल यूएई शाखाका पूर्व सहसभिवसमेत हुन् । उनी वैदेशिक रोजगारीका लागि दुबईमा छँदा सो जिम्मेवारीमा थिए । उनले करिब दुई दर्जन गीतमा अभिनय पनि गरेका छन् ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
गण्डकी कप महिला फुटबल प्रतियोगिता आगामी असार
प्रथम लायन्स कप अन्तर्राष्ट्रिय भलिबलको तयारी
भर्खरै प्रकाशित