logo
Logo Side Banner

पोखरामा प्रिमो एजुकेशन शुरु

News LogoMina Shrestha 2 बर्ष अगाडि
87 2 minutes read

पाेखरा, पोखरामा उच्च शिक्षा अध्ययन तथा विदेश जान चाहनेहरुको लागी सम्पूर्ण सेवा दिने उद्देश्यले पोखरामा प्रिमो एजुकेशन एवं एकेडेमीको शुरुवात भएको छ ।

पोखरा शैक्षिक राजधानीको रुपमा विस्तार हुदैँ गएको परिप्रेक्षमा विद्यार्थीलाई उचित परामर्श ज्ञान सीपको लागी  एकेडेमीको भूमिका महत्वपूर्ण रहने शैक्षिक परामर्श संघका केन्द्रिय उपाध्यक्ष भुवन क्षेत्रीले बताए । 

सन् २०१८ मा अष्ट्रेलियाबाट शुरु गरीएको एकेडेमी नेपालको मूख्य शहरहरु लगायत भारतमा समेत शाखा विस्तार गर्ने योजना रहेको एकेडेमीका संस्थापक कार्यकारी अधिकृत दिपक के.सी. ले बताए ।

एकेडेमीका पोखरा प्रमुख रमेशकुमार थापाको सभापतित्वमा भएको कार्यक्रममा शैक्षिक परामर्श संघका पूर्व अध्यक्ष रविन्द्र तिवारी, मिलन तिवारी, सराङ्गकोट बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष कृष्ण थापा, एकेडेमीका प्रबन्ध निर्देशक विनोद हमाल, बुटवल शाखा प्रमुख सृजना थापा लगायतले एकेडेमीले शिक्षा परामर्श सङ्गै सामाजिक रचनात्मक कार्यहरु गर्नुपर्ने बताए ।

शैक्षिक परामर्श संघ (ECAN) का अध्यक्ष समेत रहेका एकेडेमीका पोखरा प्रमुख रमेशकुमार थापाले विद्यार्थीलाई कानुनी परामर्श सहितको गुणस्तरीय सेवा दिन एकेडेमी सक्रिय रहने बताए ।

प्रतिक्रिया दिनुहोस