logo
Logo Side Banner

पोखरामा सयपत्री फूलको प्रदर्शनी तथा महोत्सव

News LogoSita एक बर्ष अगाडि
87 2 minutes read

दोस्रो ठूलो चाड तिहार शुरु भएसँगै पोखरामा सयपत्री फूलको प्रदर्शनी तथा महोत्सव शुरु भएको छ । पोखरा महानगरपालिकाको आयोजनामा पोखरा–४ चिप्लेढुङ्गास्थित श्रीकम्प्लेक्स परिसरमा शनिवारदेखि शुरु महोत्सव यही कात्तिक २८ गतेसम्म सञ्चालन हुनेछ ।

तिहारको समयमा स्थानीय किसानले उत्पादन गरेका सयपत्री फूल एकै ठाउँबाट एकै मूल्यमा बिक्री गर्ने उद्देश्यका साथ महोत्सव आयोजना गरिएको हो । पोखरा महानगरले तिहारका लागि आवश्यक फूल स्थानीय उत्पादनले धान्ने र बाहिरबाट आयात गर्नुपर्ने अवस्था नरहेको महानगरले जनाएको छ । महानगर फूलमा आत्मनिर्भर बनेको महानगरको दाबी छ ।

मेलामा स्थानीय किसानसँगको साझेदारीमा उत्पादित सत्रपत्री फूल बिक्रीमा राखिएको महानगर आर्थिक तथा कृषि विकास महाशाखा प्रमुख मनहर कडरियाले बताउनुभयो । प्रमुख कडरियाका अनुसार यस वर्ष तिहारका लागि बाहिरबाट फूल आयात गर्नुपर्ने अवस्था छैन ।

‘स्थानीय किसानसँग साझेदारी गरेर एक सय ६५ रोपनीभन्दा बढी क्षेत्रफलमा सयपत्री फूल लगाइएको छ,’ उहाँले भन्नुभयो, ‘यसपालिको तिहारमा सयपत्री फूल पोखरामा बाहिरबाट ल्याउनुपर्ने अवस्था छैन, हामी यसमा आत्मनिर्भर भएका छौँ ।’

महानगरपालिकाले सयपत्री फूलको मूल्यसमेत तोकेको  छ । आर्थिक विकास महाशाखा, पोखरामा क्रियाशील पुष्प व्यवसायी र स्थानीय किसानको समन्वयमा फूलको मूल्य तोएिको हो । दररेटअनुसार सयपत्री फूलको १५ देखि २० ग्रामको एक थुङ्गालाई ५र१० रुपैयाँदेखि १५ ग्राम तौल भएको एक थुङ्गाको मूल्य चाररपाँच रुपैयाँ तोकिएको छ । त्यस्तै १० ग्रामको दुई रुपैयाँ तोकिएको छ । यस्तै मालाको क्रमशः दुई सय, एक सय ८० र एक सय ५० रुपैयाँ तोकिएको छ । यसैगरी सयपत्री फूलको मूल्य प्रतिकेजी चार सय रुपैयाँ तोकिएको छ ।

यसैगरी महानगरले रैथाने हाटबजारसमेत आजदेखि शुभारम्भ गरेको छ । हाटबजारमा स्थानीय उत्पादनका १० भन्दा बढी प्रदर्शनी कक्ष रहेका छन् । मन खुसी फाउन्डेसनले तयार गरेको ह्यान्डीक्राफ्ट ९मोजा, टोपी०, प्राप्ति प्रशान्त हस्तकलाले तयार गरेको पोते माला, आमा एग्रो प्रडक्टका स्थानीय उत्पादनका कृषि उपज, सगुन हस्तकलाले तयार गरेको धागोका सामान हाटबजारमा बिक्रीका लागि राखिएका छन् ।

यस्तै पुष्पाञ्जलीद्वारा तयार गरिएको विवाहका लागि चाहिने सामान ९सई पाटा०, विधाता हस्तकला उद्योगद्वारा उत्पादित हस्तकलाका सामग्री, कृषि सञ्जाल वडा नम्बर ६ ले उत्पादन गरेका कृषि उपज र महिला सीप विकास संस्थाद्वारा उत्पादित स्थानीय हस्तकलाका सामग्री हाटबजारमा बिक्रीका लागि राखिएका छन्  ।

प्रतिक्रिया दिनुहोस