logo
Logo Side Banner

प्रधानमन्त्री र मन्त्रीहरूले एक महिनाको तलब भूकम्प पीडितलाई दिने

News LogoSita 2 बर्ष अगाडि
87 2 minutes read

सरकारले प्रधानमन्त्री तथा मन्त्रीहरूको एक महिनाको तलब बराबरको रकम भूकम्प पीडितलाई दिने निर्णय गरेको छ । 

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले जाजरकोट भूकम्पप्रभावित क्षेत्रमा सहयोगका लागि प्रधानमन्त्री राहत कोषमा प्रधानमन्त्री र मन्त्रीहरूको एक महिनाको तलब बराबर रकम दिने निर्णय गरेको सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् । 

उनले भनिन्, ‘प्रधानमन्त्री र सबै मन्त्रीहरुले भूकम्प पीडितहरुको लागि एक महिनाको पारिश्रमिक दिने भन्ने पहिलो निर्णय भएको छ ।’

विकास निर्माणको सन्दर्भमा इन्धनमा लगाउँदै आएको पूर्वाधार शुल्कमध्ये प्रतिलिटर ५ रुपैयाँ बुढिगण्डकी जलविद्युत् आयोजनाका लागि उपलब्ध गराउने व्यवस्था गर्ने पनि निर्णय भएको उनले जानकारी दिइन् । 

उनले भनिन्, ‘विकास निर्माणको सन्दर्भमा इन्धनमा लगाइँदै आएको पूर्वाधार शुल्कमध्ये प्रतिलिटर ५ रुपैयाँ बुढिगण्डकी जलविद्युत् आयोजनाका लागि उपलब्ध गराउने व्यवस्था गराउने भन्ने पनि निर्णय भएको छ ।’ 
 

प्रतिक्रिया दिनुहोस