logo
Logo Side Banner

भूकम्प पीडित राहत कोषमा पर्यटन मन्त्रालयले दियो चार करोड

News LogoSita 2 बर्ष अगाडि
87 2 minutes read

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भूकम्प पीडित राहत कोषमा जम्मा गरेको रकम सरकारलाई हस्तान्तरण गरेको छ । 

बुधबार संस्कृति पर्यटन तथा नागरिक उड्यान मन्त्री सुदन किरातीले सामाजिक सञ्जाल मार्फत संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतका निकायहरुबाट एकमुष्ट रुपमा चार करोड तेह्रलाख अन्ठानब्बे हजार नौ सय अठासी रुपैयाँ जम्मा गरी प्रधानमन्त्रीलाई चेक हस्तान्तरण गरेको जानकारी दिएका हुन् । 

उनले लेखेका छन्, ‘रु.चार करोड तेह्रलाख अन्ठानब्बे हजार नौ सय अठासी रुपैयाँ भूकम्प पीडित राहत कोषमा जम्मा गरि प्रधानमन्त्रीलाई चेक हस्तान्तरण गरियो । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतका निकायहरुबाट एकमुष्ट।’
 

प्रतिक्रिया दिनुहोस