logo
Logo Side Banner

पोखराको लेकसाइड चौबिसै घण्टा खोल्न उच्च अदालतको आदेश

News LogoSita 2 बर्ष अगाडि
87 2 minutes read

उच्च अदालत पोखराले लेकसाईड क्षेत्रका व्यापार व्यवसाय २४सैं घण्टा खोल्न दिन अन्तरिम आदेश जारी गरेको छ । 

आज ९बुधबार० कामु मुख्य न्यायाधीश राजन भट्टराईको एकल इजलासले कानुन विपरितको कार्य भएको अवस्था बाहेक कानुन बमोजिम व्यापार व्यवसाय गर्न रोक्ने, रोक्न लगाउने कार्य नगर्न जिल्ला प्रशासन कार्यालय कास्कीको नाममा अन्तरिम आदेश जारी गरेको हो ।

उक्त मुद्दामा निवेदक देवीकुमारी बरालले गृह प्रशासन सुधार कार्ययोजना २०७४ को बुँदा २५ बमोजिम ठमेल, दरवारमार्ग, पोखराको लेक साइड जस्ता पर्यटकको आवागमन बढी हुने क्षेत्रहरूमा २४ घण्टा बजार खुला रहने गरी आवश्यक सुरक्षाको प्रबन्ध गरिने छ भन्ने व्यवस्था भएको भन्दै अन्तरिम आदेशको मागसहित रिट दायर गरेकी थिईन ।

प्रतिक्रिया दिनुहोस