logo
Logo Side Banner

नेपाल संवतलाई स्वागत गर्न नेवा खलः कास्कीले भिन्तुना र्‍याली गर्ने

News LogoSita 2 बर्ष अगाडि
87 2 minutes read

नेवा खलः कास्कीले मौलिक तथा राष्ट्रिय संवत, नेपाल संवत ११४४ को अवसरमा भिन्तुना र्‍याली आयोजना गर्ने भएको छ । संस्थाले पोखरामा पत्रकार सम्मेलनको आयोजना गर्दै यस्तो जनाएको हो ।

म्हपूजाको अवसरमा यही कार्तिक २८ गते पोखराका विभिन्न स्थलहरुमा पुगेर र्‍याली आयोजना गरिने नेवा खलः कास्कीका अध्यक्ष अशोक पालिखेले जानकारी दिए ।

उनका अनुसार २८ गते विहान ७ः३० बजे पोखरास्थित नारायणस्थानमा रहेको राष्ट्रिय विभूति शंखधर शाख्वाको प्रतिमामा माल्यार्पण गरिनेछ । त्यसपछि ८ बजे कास्कीमा रहेका विभिन्न नेवा खलः, नेवा ल्याम्ह पुचः, नेवा कचाँ, नेवा मिसा पुचः लगायत विभिन्न जातीय समुदायहरुको सहभागीतामा पृथ्वीचोकबाट भिन्तुना र्‍याली निकालिने छ ।

पृथ्वीचोकबाट सुरु हुने उक्त ¥याली नयाँबजार महेन्द्रपुल, तेर्सापट्टि हुँदै नेवा छेँ कै भवनमा पुगेपछि समापन गरिने छ । भिन्तुना र्‍यालीको अवसरमा आयोजना गरिने कार्यक्रमको प्रमुख अतिथि पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य रहने अध्यक्ष पालिखेको भनाई रहेको छ । र्‍यालीमा सहभागी हुने समुहहरुलाई जातीय सास्कृतिक पोशाक सहित उपस्थित हुन अध्यक्ष पालिखेले आग्रह गरेका छन् ।

पोखरा र आसपासमा रहेका नेवारी समुदायको झाँकी, बाजा तथा भेषभुषाहरुको प्रस्तुति र प्रचार प्रसार गर्ने उद्देश्यले ¥याली आयोजना गर्न लागिएको नेवा पत्रकार पुचः कास्कीकी अध्यक्ष अनिशा श्रेष्ठले जानकारी दिईन् ।

उक्त र्‍यालीमा उत्कृष्ट हुने समुहहरुमध्ये प्रथम हुनेलाई २५ हजार, द्धित्तीय हुनेलाई ७ हजार र तृतीय तथा सान्त्वना हुने समुहलाई नगद रु ५ ५ हजार पुरस्कारको समेत व्यवस्था गरेको आयोजकले जनाएको छ ।

नेपाल संम्वतलाई राष्ट्रिय सम्वतको रुपमा प्रचार गर्ने, स्थानीय कला संस्कृतिको प्रचार प्रसार गर्ने तथा आपसी भाइचाराको विकास गरी आत्मीयता कायम गर्ने उद्देश्यले र्‍याली निकाल्न लागिएको जनाईएको छ ।

पत्रकार सम्मेलनमा नेवा खलः कास्की, नेवा पत्रकार पुचः कास्कीका अध्यक्षका साथमा नेवा ल्याम्ह पुच कास्कीका अध्यक्ष रोशन मान्धरको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस