logo
Logo Side Banner

गण्डकी प्रदेशले भूकम्प पीडितलाई सहयाेगका लागि १ करोड रुपैयाँ दिने

News LogoSita 2 बर्ष अगाडि
87 2 minutes read

 गण्डकी प्रदेशले जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पका प्रभावितहरुलाई सहयोग गर्न कर्णाली प्रदेश सरकारलाई १ करोड रुपैयाँ उपलब्ध गराउने भएको छ ।

आइतवार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले भूकम्प पीडितको खोज, उद्धार तथा राहतका लागि गण्डकी प्रदेश सरकारको तर्फबाट कर्णाली प्रदेश सरकारलाई एक करोड रुपैयाँ सहयोग गर्ने निणर्य गरेको हो ।

‘भूकम्पले कर्णाली प्रदेशमा ठूलो मानवीय र भौतिक क्षति भयो, एउटा प्रदेशका नागरिकलाई विपद् पर्दा अर्कोले सहयोग गर्नुपर्छ भनेर हामीले एक करोड रुपैयाँ दिने निर्णय गरेका हौँ’ गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले भने ।

शुक्रवार राति भूकम्प गएको र शनिवार बिहानै भूकम्प प्रभावितको उद्धार र उपचारमा प्रदेश सरकारले औषधिसहित विशेषज्ञ चिकित्सकको टोली पठाइएको मुख्यमन्त्री पाण्डेले बताउनु भयाे । ‘स्वास्थ्यकर्मीसहितको टोली भूकम्प प्रभावित क्षेत्रमा पुगेर घाइतेकाे उपचारमा खटिएका छन्’ उहाँले भन्नुभयाे ‘हामीले हाम्रो तर्फबाट सक्दो सहयोग गरिरहेका छौँ ।’

मन्त्रिपरिषद् बैठकले भूकम्पका कारणले ज्यान गुमाएका कर्णालीवासी नागरिकप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदन र घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना समेत गरेको छ।

प्रतिक्रिया दिनुहोस