logo
Logo Side Banner

जाजरकोट र रुकुम पश्चिम शोकमा : राहतकाे पर्खाइमा छन् भूकम्पपीडित

News LogoSita 2 बर्ष अगाडि
87 2 minutes read

जाजरकोट र रुकुम पश्चिम अहिले शोकमा डुबेका छन् । शुक्रवार राति ११ बजेर ४७ मिनेटमा जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएकाे  ६ दशमलव ४ रेक्टर स्केलको भूकम्पबाट जनधनको क्षतिहुँदा यी दुई जिल्ला शोकमा डुबेका छन्  । एकातिर आफन्त गुमाउँदाको पीडा छ भने अर्कातर्फ घरबारविहीन हुँदाको पीडाले पीडितलाई पिरोलिरहेको छ । 

प्रहरीको अद्यावधिक विवरणअनुसार भूकम्पमा परि अहिलेसम्म एक सय ५७ जनाको ज्यान गइसकेको छ भने करिब २०० जना घाइते अवस्थामा छन् ।

जाजरकोट जिल्ला सदरमुकामबाट नजिकै रहेको छेडा बजारमा न्यानो घाममा सुतिरहेका  भूकम्प पीडितले भन्नुभयो 'भूकम्पले घरमा त खासै क्षति भएन तर रातिको भूकम्पको कम्पनले अहिले पनि मुुटु कापिरहेको छ । रातभर निदाउन सकेनौँ । त्यही भएर अहिले सुतिरहेका छौँ । पुराना केही घरमा भने आंशिकरूपमा क्षति भएको छ ।'

भूकम्पले जाजरकोट सदरमुकाम खलङ्गामा  धेरै भौतिक क्षति पुर्याएको छ ।  बस्ती उदाङ्गो देखिएका छन् । क्षतिको यकिन तथ्याङ्क नआए पनि पूर्णरूपमा क्षति भएका घर धेरै छन् । नभत्किएका घर पनि आंशिकरूपमा क्षति भएकै छन् ।

प्रतिक्रिया दिनुहोस