logo
Logo Side Banner

रगत अभावमा बिच पाेखरामा रक्तदान कार्यक्रम, ४२ युनिट रगत संकलन

News Logoसराङ्गकोट खवर 2 बर्ष अगाडि
87 2 minutes read

लायन्स क्लब पोखरा अन्नपूर्ण नाइसद्धारा आयोजित पोखरामा रगतको अभाव भएकोमा आकस्मिक रक्तदान कार्यक्रमको प्रमुख अतिथि पोखरा महानगरपालिका वडा न.८ का वडा अध्यक्ष रुद्रनाथ बरालले पहिलो रक्तदाता ६३ औ पटक रक्तदान गर्नु भएका गणेश छबिलाई ब्लड ब्याग हस्तातरण गरी शुभारम्भ गर्नु भएको थियो । पोखरामा रगतको अभाब भएको बेला लायन्स क्बलले रक्तदान गरी मानवीय कामको प्रशसा गर्नु भयो ।  क्लबले गरेको कामको सिको गरी अन्य संस्थाहरुले रक्तदान गरी रगतको अभाव हटाउनुपर्ने बताउनु भयो ।

६४ औ पटक रक्तदान गर्ने रक्तदाता गणेश छबिलाई सोहि समारोह सम्मान गरिएको थियो । डिष्ट्रिक सिनियर एडभाईजर सोनाम साङपोले लायन्स क्लब इन्टरनेशनल नेपालबाट पनि छुट्टै ब्लड बैक को स्थापना भईसकेको र पोखरामा रगतको संकटमा  लायन्स क्लब अन्नपूर्ण नाइसबाट रक्तदान कार्यक्रम राखि धेरैको ज्यान बचाउनुभएकोमा धन्यबाद दिनुभयो ।

डिष्ट्रिक ब्लड डोनेशन चिफ  गोपाल थापाले जहा आवश्यकता त्यहाँ लायन्सको उपस्थितमा अन्नपूर्ण नाइसले काम गरेकोमा धन्यबाद दिनुभयो । साथै कार्यक्रम सफलताकोलागि रु. पाच हजार सहयोग गर्नु भएको थियो । जोन चियरपर्सन सुजन श्रेष्ठले सबभन्दा ठुलो सेवा नै रक्तदान रहेको जानाकारी दिनुभयो । लायन्स क्लब पोखरा अन्नपूर्णका अध्यक्ष बिष्णु कुमार गुरुङले नयाँ क्लब भए पनि सामाजिक सेवामा अग्रणी रहेको जानाकारी दिनुभयो ।

रक्तदाता स्वयसेवी संस्थाका संस्थापक अध्यक्ष तिर्थराज अवस्थीले प्रत्येक ३ ,३ महिनामा रक्तदान गर्ने सबै लाई आब्हान गर्नु भयो । क्लबका अध्यक्ष तिर्थ श्रेष्ठकाे सभापतित्वमा सम्पन्न कार्यक्रममा शर्मिला सिंह र रक्त संचार केन्द्रका महेन्द्र के.सीले शुभकामना मन्तब्यमा, संयोजक ज्ञानु श्रेष्ठले स्वागत मन्तब्य, प्रथम उपाध्यक्ष लक्ष्मी गुरुङले धन्यबाद ज्ञापन गर्नुभएकाे थियाे भने कार्यक्रम संचालन सचिव बिष्णुमाया थापा जोजिजु गर्नु भएको थियो ।

सो कार्यक्रममा ४२ जना ले रक्तदान गर्नु भएको थियो।

प्रतिक्रिया दिनुहोस