पोखरा । संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेस पोखरा आइपुग्नुभएको छ । महासचिव गुटेरेस नेपाली सेनाको जहाजमार्फत आज सोमवार दिउँसो पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्नुभएको हो ।
गुटेरेसलाई गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य, कास्कीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरे सहितको टोलीले विमानस्थलमा स्वागत गर्नुभएको थियो ।उहाँलाई विमानस्थल परिसरमा पोखराका विभिन्न सङ्घ–संस्थाले बाजागाजासहित स्वागत गरेका थिए ।
महासचिव गुटेरेसको आगमनलाई लक्षित गरी कास्कीमा सुरक्षा व्यवस्था कडा पारिएको कास्कीका प्रमुख जिल्ला अधिकारी घिमिरेले जानकारी दिनुभयो ।
महासचिव गुटेरेस भोलि मङ्गलवार अन्नपूर्ण आधार शिविर ९एबीसी० का लागि निस्कनु हुनेछ । उहाँ मङ्गलवार बिहान साढे ६ बजे आधार शिविरका लागि प्रस्थान गर्नुहुनेछ । अन्नपूर्ण आधार शिविरमा शुक्रवार नै नेपाली सेनाको टोली पुगिसकेको छ ।
महासचिव गुटेरेसले हिमाली क्षेत्रमा जलवायु परिवर्तनको असरका बारेमा स्थलगत अनुगमन गर्ने कार्यक्रम छ । आधार शिविरमा यसअघि एक वटामात्र हेलिप्याड रहेकोमा महासचिवको भ्रमणलाई सहज बनाउन त्यहाँ थप हेलिप्याड निर्माण गरिएको छ
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
गण्डकी कप महिला फुटबल प्रतियोगिता आगामी असार
प्रथम लायन्स कप अन्तर्राष्ट्रिय भलिबलको तयारी
भर्खरै प्रकाशित