जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार यसपालीको दसैँमा मौसम सामान्यतया सफा रहने जनाएको छ ।
महाशाखाका मौसमविद् रोजन लामिछानेले दसैँमा मौसम सफा रहने बताए । “दसैँमा मौसम सफा रहने देखिन्छ । देशका पहाडी भेगका एकरदुई स्थानमा बदली र हल्का वर्षा रहेपनि सामान्यतया मौसम राम्रो रहने देखिन्छ”, उनले भने ।
महाशाखाले आज साँझ या भोलि शुक्रबार दसैँको विशेष बुलेटिन जारी गर्ने तयारी गरेको छ । मौसमी अवस्थाबारे विज्ञहरुबीच छलफल भइरहेकाले छिट्टै दसैँ बुलेटिन आउने मौसमविद् लामिछानेले बताए ।
हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ । जसका कारण अहिले देशका पहाडी भू(भागका एक दुई स्थानमा मेघगर्जनरचट्याङगसहित हल्का वर्षाको सम्भावना छ ।
देशको उच्च पहाडी तथा हिमाली क्षेत्रका एकरदुई स्थानमा हल्का हिमपातको सम्भावना छ । रातिको समयमा कोशी र गण्डकी प्रदेशको पहाडी भू(भागका एकरदुईस्थानमा मेघगर्जनरचट्याङगसहित हल्का वर्षाको सम्भावना छ ।
भोलि शुक्रबार पनि कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू(भागमा मेघगर्जनरचट्याङगसहित हल्का वर्षाको सम्भावना छ ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
गण्डकी कप महिला फुटबल प्रतियोगिता आगामी असार
प्रथम लायन्स कप अन्तर्राष्ट्रिय भलिबलको तयारी
भर्खरै प्रकाशित