logo
Logo Side Banner

संस्कृत मा.बि.मा खानेपानी टंकी शिलान्यास

News Logoसराङ्गकोट खवर 2 बर्ष अगाडि
87 2 minutes read

असोज २९ गते, लायन्स क्लब पोखरा अन्जुली र लायन्स क्लब पोखरा अन्नपूर्ण को सयुक्त आयोजनामा पोखरा महानगरपालिका वडा न.१ स्थित संस्कृत मा.बि. बिद्यालयमा १० हजार लिटरको खानेपानी टंकीको शिलान्यास पोखरा महानगर पालिका वडा न.१ का कार्यवाहक अध्यक्ष जुमकाजी गुरुङले गर्नु भएको थियो बिदेशका बिद्यार्थीहरुले खाजाको रकम कटाएर रु २ लाखको लागत निर्माण हुन लागेको टंकी बिद्यालयलाई सहयोग गरेकोमा खुशी ब्यक्त गर्नु भयो ।

बि.स १९५८ सालमा स्थापना भएको उक्त बिद्यालयमा  हाल १७० जना बिद्यार्थी अध्ययन गरिरहेको छ । द इडिङबर्ग यु.केका २३ जना बिद्यार्थीहरुको ३ दिन स्वयसेवक रुपमा काम पनि गर्ने बताउनुभयो । खानेपानी परियोजना निर्देशक सोनाम साङपोले पोखरा वरिपरिका सरकारी बिद्यालय हाल सम्म ४५ वटा बिद्यालयलाई खानेपानी टंकी निर्माणमा सहयोग गरेको र  आगामी दिनहरुमा सहयोग निरन्तर रहने जानकारी  दिनुभयो ।

बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष बिष्णु प्रसाद अधिकारीले लायन्स क्लब अन्जुली ले यस बिद्यालयलाई छनोट गरी सहयोग गरेको स्वागत गर्नुभयो । जिएलटी कोर्डिनेटर अमृता शोभा खत्रीले लायन्स क्लब अन्नपूर्ण संग बिगतमा सहकार्य गरी खानेपानी सम्पन्न भएको बताउनुभयो । बिद्यालय का प्रधानअध्यापक कृष्ण सिग्देल  बिदेशी बिद्यार्थीको सहयोगबाट यस बिद्यालयका बिद्यार्थीहरुले शुद्ध खानेपानी को ब्यबस्था गरिदिएको धन्यबाद दिनुभयो । सिनियर एडभाईजर बिना पाईजाले लायन्स क्लब संगको सहकार्यमा बिद्यार्थीहरुले शुद्ध खानेपानी खान पाएको बताउनुभयो । जोन चियरपर्सन सान्तवना पौडेलले जहाँ आवश्यकता त्यहा लायन्स क्लबको उपस्थित रहने बताउनुभयो ।

लायन्स क्लब पोखरा अन्नपूर्णका प्रथम उपाध्यक्ष गणेश छबिले बिगत ७, ८ बर्ष अधि देखिनै लायन्स क्लब अन्नपूर्णले सरकारी बिद्यालयहरुलाई सहयोग गर्दै आएको बताउनुभयो । सो अवसरमा  बिद्यालय ब्यबस्थापन समितिका सदस्य रोजी पराजुली, लायन्स क्बल पोखरा अन्जुलीका द्धितिय उपाध्यक्ष निर्मला थापा शुभकामना मन्तब्य दिनुभएको थियो  उक्त कार्यक्रमको सभापति लायन्स क्लब अन्जुलीका प्रथम उपाध्यक्ष साधना थापा र कार्यक्रम संचालन सचिव पूजा सिलवाल ले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस