क्षत्री समाज नेपालले असोज २८ गते घटस्थापनाका दिन विविध कार्यक्रमहरुका साथ क्षत्री दिवस मनाइने भएको छ ।
समाजले यस बर्ष जातीय सदभाव कायम गरौ भने नारालाई देशब्यापी रुपमा पुराउन क्षत्री दिवस कार्यक्रमहरु केन्द्रित हुने समाजका केन्द्रीय अध्यक्ष प्रा।डा दिल बहादुर क्षत्रीले बताए ।
देश पहिचानका लागी नेतुत्व दायी भुमिका खेलेको क्षत्री जातीको इतिहास रहेको छ । जनसंख्यामा सबै भन्दा धेरै भएको क्षत्री जातीले राष्ट्र राष्ट्रियाता प्रति समाजको भुमिका सधै सकृय सकारत्मक बनाउदै आएको केन्द्रीय अध्यक्ष क्षत्रीले बताए ।
समाजे जातिय बिरुद्ध हुने सम्पुर्ण गतिविधिका बिरुद्ध राष्ट्रिय अखण्डता र जातीय सदभाव का लागी समाज सकृय रहने केन्द्रीय उपाध्यक्ष एंव प्रचार बिभाग प्रमुख कृष्ण बहादुर थापाले बताए ।
केन्द्रीय समितिको अहावनमा देसैभर विविध कार्यक्रमहरु साथ गरिने क्षत्री दिवस विशेष कार्यक्रम ,क्षत्री समाज नेपाल कास्कीको आयोजनामा असोज २८ गते बिहान समाज बाट क्षत्री भेषभुषा, पोशाक ,बाजागाजा, सरुन खेलको प्रदशन , झाकी, भजन,चुटका सहित पोखराको मुख्य बजार परिक्रमा सहित प्रदशनी केन्द्रमा दुर्गा सभा हुने उक्त सभामा सम्मान सहित छात्रवृत्ती बितरण गरीने जिल्ला अध्यक्ष पदम बहादुर कार्कीले बताए ।
सो कार्यक्रमलाई सफल पार्न आम क्षत्री जातीलाई सहभागिता गराउन अध्यक्ष कार्कीले अहवान गरेका छन् ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
गण्डकी कप महिला फुटबल प्रतियोगिता आगामी असार
प्रथम लायन्स कप अन्तर्राष्ट्रिय भलिबलको तयारी
भर्खरै प्रकाशित