नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार असफल भएको दाबी गरेका छन् ।
बुधबार एमाले मधेस प्रदेश अधिवेशनको उद्घाटन गर्न जनकपुरधाम आएका उनले प्रचण्ड नेतृत्वको सरकार पूर्णरुपमा असफल भएको दाबी गरेका हुन् । उनले भने, सरकार कहिले ढल्छ त्यो अहिले चर्चा नगरौँ । तर यो रहने सरकार भने होइन ।
अध्यक्ष ओलीले अधिवेशनको उद्घाटन गर्नुअघि जनकपुरधामस्थित मधेस प्रदेशको पार्टी कार्यालय मिथिला भवनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । एमाले अधिवेशनले मधेस प्रदेशको नयाँ नेतृत्व चयन गर्नेछ । एमाले पहिलो पटक प्रदेश स्तरीय अधिवेशन गर्न लागेको हो । बुधबारदेखि सुरु हुने अधिवेशन दुई दिन चल्नेछ ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
गण्डकी कप महिला फुटबल प्रतियोगिता आगामी असार
प्रथम लायन्स कप अन्तर्राष्ट्रिय भलिबलको तयारी
भर्खरै प्रकाशित