मधेस प्रदेश सरकारले इजरायलमा हमास समूहकाे आक्रमणमा परि ज्यान गुमाएका धनुषा लक्ष्मीनिया गाउँपालिका–४ सपहीका २२ वर्षीय आनन्द साहकाे परिवारलाई पाँच लाख रुपैयाँ दिने भएकाे छ ।
मुख्यमन्त्री सराेजकुमार यादवले मङ्गलवार हिजाे बेलुका एक शाेक वक्तव्यमार्फत् राहतस्वरुप पाँच लाख रुपैयाँ मृतक साहकाे परिवारलाई दिने बताउनु भएकाे हाे ।
उहाँले आक्रमणमा परि ज्यान गुमाएका १० नेपाली युवाप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभएकाे छ । उहाँले युद्धमा सामेल नभएका निहत्था र निर्दोष व्यक्तिमाथि आक्रमण हुनु हमासको संवेदनाहीन कार्य भएकाे बताउनुभयाे ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
गण्डकी कप महिला फुटबल प्रतियोगिता आगामी असार
प्रथम लायन्स कप अन्तर्राष्ट्रिय भलिबलको तयारी
भर्खरै प्रकाशित