भारतकाे सिक्किममा आएकाे बाढी परि इलामका १० जना बेपत्ता भएका आशङ्का गरिएकाे छ । इलाम नगरपालिका-९ का उनीहरु सिक्किममा बाढी आएकाे दिन असाेज १७ गते बुधवारदेखि सम्पर्कविहीन भएका हुन् ।
बेपत्ता हुनेहरुमा इलाम नगरपालिका–९ का सानु भनिने सेनबहादुर कार्की, लाक्पा शेर्पा, नरमाया बस्नेत, खुशी बस्नेत, कुमार बस्नेतलगायत रहेका छन् ।
उनीहरुका आफन्तले नेपाल सरकारसमक्ष खाेजीका लागि आग्रह गरेका इलामका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिनुभयाे ।
पाेखरेलले उनीहरु बेपत्ता भएका जानकारी आएकाे बताउनु भएकाे छ । बाढीप्रभावित सिक्किममा पुग्न कठिन भएकाे र उनीहरुकाे खाेजीका लागि समस्या भएकाे उहाँले बताउनु भयाे ।
उहाँले बेपत्ताहरुकाे खाेजीका लागि सिक्किमका सुरक्षाकर्मीसँग कुराकानी भइरहेकाे जानकारी दिनुभयाे ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
गण्डकी कप महिला फुटबल प्रतियोगिता आगामी असार
प्रथम लायन्स कप अन्तर्राष्ट्रिय भलिबलको तयारी
भर्खरै प्रकाशित