logo
Logo Side Banner

पाल्पामा डोजर पुरिँदा चालकको ज्यान गयो

News LogoSita 2 बर्ष अगाडि
87 2 minutes read

सडक मर्मत गरिरहेको डोजर पुरिँदा पाल्पामा चालकको ज्यान गएको छ । 

शान्तिनगर गाउँपालिका – १ दाङका ३० वर्षीय चालक धनबिर खड्काको दुर्घटनामा परेर ज्यान गएको हो  । रामपुर नगरपालिका – १० टोक्से भन्ने ठाउँको बर्दलेबाट टोक्से जाने भित्री सडक खण्ड मर्मत गर्दै गरेको बा २ क १९५७ नम्बरको डोजरलाई सडक माथिबाट आएको सुख्खा पहिरोले पुरेको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ ।

पहिरोले पुरिएर गम्भीर घाइते भएका चालक खड्काको उपचारका क्रममा तानसेनको युनाइटेड मिशन अस्पतालमा ज्यान गएको र घटनाको बारेमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । 
 

प्रतिक्रिया दिनुहोस