पोखरा । महिलाहरुको क्षमता नेतृत्व सहित सामाजिक कार्य लागी स्थापीत शुभकामना महिला बिकास केन्द्र को १९ औ बार्षिक साधारण सभा सम्पन्न भएको छ ।
सो साधारण सभाको शुभारम्भ गदै केन्द्र का पुर्व अध्यक्ष एवं जाल्पा देबी महिला उद्धार समुहमा अध्यक्ष राधिका थापा ले महिलाहरुको सामाजिक सकृयाताले समाजमा महत्वपुण भुमिका रहेको बताइन ।
केन्द्रले समाजमा पछि परेका महिलाहरुलाई नेतुत्वमा पुरायाएकाले अब को समय नेतृत्व र क्षमता विकासमा लाग्नु पर्ने बताईन ।
कार्यक्रममा सिर्दाथ क्लवका अध्यक्ष इन्दिरा मसार्नी , संस्थापक अध्यक्ष तिर्थ श्रेष्ठ, सल्लाहकार कृष्ण थापा , गणेश छवि लगायतले केन्द्र को भुमिका सकारात्मक रहेकाले शिक्षा विकास मा लाग्नु पर्ने बताए ।
केन्द्रका अध्यक्ष ज्ञानु श्रेष्ठ को सभापतित्वमा भएको कार्यक्रममा पुर्व अध्यक्ष भवनी माकाजु , उपाध्यक्ष लक्ष्मी गुरुङ्ग ,सचिव साबित्री श्रेष्ठ, कोषाध्यक्ष पुष्पा श्रेष्ठ लगायतले संस्थाको विविध बिषयमा आ आफ्नो भनाई राखेका थिए ।
कार्यक्रम केन्द्रका विविध विषयमा उत्तीण भएका विधार्थी तथा सहयोग हरु लाई सम्मान गरीएको छ ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
गण्डकी कप महिला फुटबल प्रतियोगिता आगामी असार
प्रथम लायन्स कप अन्तर्राष्ट्रिय भलिबलको तयारी
भर्खरै प्रकाशित