दुई दिनदेखि अवरुद्ध राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग एकतर्फी सञ्चालनमा आएको छ ।
निरन्तर वर्षाको कारण सडक माथिदेखि खसेको पहिरोले लोकमार्गअन्तर्गत बाग्लुङको बुर्तिबाङ–पूर्वी रुकुम खण्डको निसीखोला गाउँपालिका–१ पाखुतेमा सडक अवरुद्ध भएको थियो ।
मङ्गलवार बेलुकादेखि अवरुद्ध भएको सडक अहिलेसम्म पनि दुईतर्फी सञ्चालनमा आउन नसकेको जिल्ला प्रहरी कार्यालय बाग्लुङका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिनुभयो ।
सडकमा ठूलो पहिरो झरेका कारण दुईतर्फी खुलाउन नसकेको उहाँको भनाइ छ । अहिले पनि दुईतर्फी सञ्चालनका लागि प्रयास गरिरहेको केसीले जानकारी दिनुभयो । आज दिउँसोसम्म पूर्णरुपमा सडक सञ्चालनमा आउने उहाँको भनाइ छ ।
सडक ठप्प भएपछि अलपत्र परेका यात्रु तथा गाडी गन्तव्यतर्फ लाग्न थालेका प्रहरी नायब उपरीक्षक केसीले बताउनुभयो । काठमाण्डाै, पोखरादेखि पूर्वी रुकुमको रुकुमकोट, काँक्री, लुकुम र रोल्पा जाने गाडी सडकमा रोकिएका थिए ।
यस्तै, पहिरोले अवरुद्ध बनेको कालीगण्डकी करिडोर अहिलेसम्म सञ्चालनमा आएको छैन ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
गण्डकी कप महिला फुटबल प्रतियोगिता आगामी असार
प्रथम लायन्स कप अन्तर्राष्ट्रिय भलिबलको तयारी
भर्खरै प्रकाशित