अविरल वर्षाका कारण जमिन गलेपछि जिल्लाको फलेवास नगरपालिका–९ भंगरामा एक घर भत्किएर पूर्ण रुपमा क्षति भएको छ।
भँगरा स्थित सिरुवारिका ६६ वर्षीय बोमप्रसाद भुसालको घर बुधबार बिहान पौने नौ बजेको समयमा भत्किएको हो।
घरसँगै जोडिएर रहेको कोठा जोगिएको भए पनि घरको मुख्य भाग भने पूरै भत्किएको पीडित भुसालले बताए। घरभित्र मानिस नभएको बेलामा भत्किएकाले मानवीय क्षति भने हुन पाएन।
भत्किएको भाग ‘किचन’ का रुपमा प्रयोग हुँदै आएको थियो। भुसाल दम्पती भत्किएर बाँकी रहेको सोही घरसँगै टाँसिएर बनेको कोठामा बसिरहेका छन्। वर्षा नरोकिएकोले भत्किएको घरमा रहेका सामग्रीहरू निकालेर सुरक्षित स्थानमा सार्न पनि समस्या भएको छ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
गण्डकी कप महिला फुटबल प्रतियोगिता आगामी असार
प्रथम लायन्स कप अन्तर्राष्ट्रिय भलिबलको तयारी
भर्खरै प्रकाशित