त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थान (इ.अ.सं.)बीईको प्रवेश परीक्षा बोर्डका सदस्यहरूले सामूहिक राजीनामा दिएका छन्। शुल्क विवाद भएकाले समयमा परीक्षा सञ्चालन गर्न नसकेपछि ७ जनाले राजीनामा दिएका हुन्।
राजीनामा दिनेमा अध्यक्ष प्रा.डा. सुशीलबहादुर बज्राचार्य, सदस्य सह-प्रा.डा. इन्द्रप्रसाद आचार्य, सदस्य सह-प्रा.डा. संजिवप्रसाद पाण्डे, सदस्य उप-प्रा.डा किरणचन्द्र दाहाल छन्।
यस्तै,सदस्य सचिव बिदुर दकाल, सल्लाहकार सहायक (परीक्षा) प्रा.डा. सुरज लामिछाने र प्राध्यापक डा. हिक्मतराज जोशी छन्।
असोज १५ गतेको डीनको हस्ताक्षर भएको पत्रानुसार शैक्षिक वर्ष २०८०/०८१ को स्नातक बीई बीईआर्क तहका विभिन्न कार्यक्रमहरूमा इन्जिनयरिङ अध्ययन संस्थानका आंगिक तथा सम्बन्धन प्राप्त कलेजहरूमा विद्यार्थी भर्नाका लागि सूचना प्रविधिको आधारमा कम्प्युटर विधिबाट संचालन गरिने प्रवेश परीक्षाको फाराम असोज १७, १८ र १९ गते सम्म भर्ने समय थप गरिएको राजीनामा पत्रमा उल्लेख छ।
‘र २०८०/०६/२२ गते देखि प्रवेश परीक्षा संचालन गर्नुपर्ने उल्लेखित पत्र अनुसार उक्त मितिमा आवेदन फाराम भराउन तथा परीक्षा संचालन गर्न नसकिने भएकोले त्रिवि इ.अ.सं.डीकाको च.नं १६५/०८०/०८१ मिति २०८०/०४/१८ को पत्रबाट गठन भएको प्रवेश परीक्षा बाेर्डका हामी तपसिलका अध्यक्ष, सदस्य, तथा सल्लाहकारहरूको संयुक्त राजीनामा पेस गरेका छौँ,’मंगलबार पेश भएको राजनीनामा पत्रमा उल्लेख छ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
गण्डकी कप महिला फुटबल प्रतियोगिता आगामी असार
प्रथम लायन्स कप अन्तर्राष्ट्रिय भलिबलको तयारी
भर्खरै प्रकाशित