इन्द्रजात्रा अवलोकन गर्न आएका विदेशी पाहुना फर्किएका छन्। असोज १० गते काठमाडौँ आइपुगेका पाहुना जात्रा सकिएसँगै स्वदेश फर्किएका हुन्।
आमन्त्रित विदेशी अतिथि ९१६ वटा भगिनी सम्बन्ध र नौवटा अन्तरराष्ट्रिय संघसंस्था० मध्ये यस वर्ष तीन देश ९चीन, अमेरिका र दक्षिण कोरिया० का पाँच नगर र एउटा संस्थाबाट प्रतिनिधि आएका थिए। यसमा चीनका छेन्दु, सियान, चान्चाउ र नान्जिन गरी चारवटा नगर र अमेरिकाको फेडरिसबर्ग नगरका प्रतिनिधि थिए। उनीहरू सबै स्वदेश फर्किसकेका छन्।
त्यसैगरी काठमाडौँ महानगरपालिकासँग सम्बन्ध भएका र जात्रा अवलोकन गर्न आएका स्वदेशी पाहुनाहरू पनि फर्किसकेका छन्।
ऐतिहासिक इन्द्रजात्रा यही असोज ९ गते वसन्तपुरमा इन्द्रध्वजसहितको लिङ्गो ठड्याएर विधिवत् शुरु भएको थियो।
त्यसैगरी १० गते जीवित देवदेवी कुमारी, गणेश र भैरवको पूजा गरी रथयात्रा चलाइएको थियो । त्यस्तै, जात्राको अन्तिम दिन १५ गते जात्रासँगै राति ८ बजेर ३७ मिनेटमा लिङ्गो ढाल्ने कार्यक्रम गरी जात्रा सम्पन्न गरिने छ।
भाद्र शुक्लपक्ष द्वादशीका दिन वसन्तपुरको हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजा सहितको लिङ्गो ठड्याएपछि प्रारम्भ हुने इन्द्रजात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी आठ दिनसम्म मनाउने प्रचलन छ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
गण्डकी कप महिला फुटबल प्रतियोगिता आगामी असार
प्रथम लायन्स कप अन्तर्राष्ट्रिय भलिबलको तयारी
भर्खरै प्रकाशित