logo
Logo Side Banner

संखुवासभामा बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ

News LogoSita 2 बर्ष अगाडि
87 2 minutes read

संखुवासभामा बुबाको हत्या गरेको आरोपमा एक जनालाई प्रहरीले  पक्राउ गरेको छ ।
संखुवासभाको पाँचखपन नगरपालिका –२ गैरीगाउँ बस्ने २८ वर्षीय सुमन राईलाई बुबाको हत्या आरोपमा सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो । 
५० वर्षीय बुबा युवराज राईसँग वादविवाद हुँदा छोरा सुमनले कुटपिट गरी गम्भीर घाइते भएका युवराजको संखुवासभाको स्याबुन स्वास्थ्य चौकीमा प्राथमिक उपचार गरी थप उपचारको लागि जिल्ला 

अस्पताल खाँदबारीमा लगिएकामा उपचारको क्रममा मंगलबार बिहान युवराजको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीले उक्त विषयमा थप आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
 

प्रतिक्रिया दिनुहोस