logo
Logo Side Banner

होली पर्वले आपसी सामाजिक सद्भाव र विश्वास बढाओस् ः राष्ट्रपति

News LogoSita एक बर्ष अगाडि
87 2 minutes read

राष्ट्रपति रामचन्द्र पौडेलले होली पर्वले आपसी सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन योगदान पु¥याउने विश्वास व्यक्त गरेका छन् । होली पर्वका अवसरमा आइतबार शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले रङहरूको पर्व होलीले आपसी मेलमिलाप र सद्भावको सन्देश दिने अपेक्षा गरे । उनले यस पर्वले आपसी रिस, राग परित्याग गरी प्रेम र आत्मीयताद्वारा सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन योगदान पु¥याओस् भन्दै शुभकामना व्यक्त गरेका छन् ।

‘नेपालीहरूको महान् पर्व होलीकोे सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति तथा समृद्धिका लागि हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु,’ राष्ट्रपति पौडेलले भनेका छन्, ‘होलीपर्व असत्यमाथि सत्यको, अन्यायमाथि न्यायको, दूराचारमाथि सदाचारको र अधर्ममाथि धर्मको विजय भएको खुसीयालीमा मनाइने हुँदा समस्त नेपालीबीच रिस, राग परित्याग गरी प्रेम र आत्मीयताद्वारा सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन योगदान पु¥याउने विश्वास मैले लिएको छु ।’
 

प्रतिक्रिया दिनुहोस