logo
Logo Side Banner

सांसद अन्सारीको निधनप्रति शोक प्रस्ताव पारित गर्दै बैठक स्थगित

News LogoSita एक बर्ष अगाडि
87 2 minutes read

प्रतिनिधि सभाको आइतबारको बैठकले सांसद मञ्जु शर्मा अन्सारीको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ ।

आइतबार बसेको बैठकले जनमत पार्टीकी सांसद अन्सारीको निधनप्रति शोक प्रस्ताव पारित गर्दै बैठक स्थगित गरिएको छ । 
प्रतिनिधि सभा सदस्य अन्सारीको ६० वर्षको उमेरमा उपचारको क्रममा काठमाडौंको सिभिल अस्पतालमा निधन भएको हो । 
वि.सं. २०२० साल माघ १९ गते जन्मिएकी अन्सारी २०७९ चैत १९ गते जसपाबाट समानुपातिक निर्वाचन प्रणालीबाट प्रतिनिधि सभा सदस्य चयन भएकी थिइन् ।

शोक प्रस्ताव पारित गरेर स्थगित भएको प्रतिनिधि सभाको अर्को बैठक सोमबार बिहान ११ बजेका लागि बोलाइएको छ । 

प्रतिक्रिया दिनुहोस