१७ मंसिर ,पोखरा
जिल्ला समन्वय समिति कास्कीको आयोजनामा स्थानीय तह संस्थागत क्षमता स्व: मुल्यांकन ( LISA) र बित्तिय सुशासन जोखिम मुल्यांकन (FRA) बारे स्थानिय तहरूको
अनुशिक्षण कार्यक्रम सोमबार सम्पन्न भएको छ।
कार्यक्रमको जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले उद्घाटन गर्नुभएको थियो।
पौडेलले स्वमूल्याकंन र बित्तीय जोखिम मुल्यांकन पालिकाहरूको क्षमता मापनको महत्त्वपूर्ण औजार भएको हुदा उत्कृष्ट नतिजाका लागि सबै प्रतिबद्ध हुनुपर्ने उल्लेख गर्नुभयो ।
प्रमुख पौडेलले अनुशिक्षण मार्फत सबै पालिका हरू निरन्तर कार्यक्षमता बढाउन लाग्नु पर्ने बताउनुभयो ।
कार्यक्रममा गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक ऋषिराम पाण्डेले स्थानीय तह संस्थागत क्षमता स्व: मुल्यांकन ( LISA) र बित्तिय सुशासन जोखिम मुल्यांकन (FRA) बारेमा सहजीकरण गर्नुभएको थियो।
अनुशिक्षण कार्यक्रममा कास्कीका पालिकाहरूका प्रमुख सहित कार्यकारी अधिकृतहरू र बिषयगत क्षेत्र हेर्ने फोकल पर्सन कर्मचारीहरूको सहभागीता रहेको थियो।
कार्यक्रमको जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत जिल्ला समन्वय समिति कास्कीका सदस्य सितादेबी बिश्वकर्मा ले र संचालन जिल्ला समन्वय अधिकारी नवराज बरालले गर्नुभएको थियो।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
विराटनगरलाई,सुपर ओभरु मा हराउँदै पोखराको दोस्रो जीत
सराङकोटमा विशेष फुलपाती बढाई साराङ्ग खेल हुने
भर्खरै प्रकाशित
स्याङ्जामा टिउसन पढ्न बोलाएर बालिकामाथि यौन दुर्व्यवहार
पोखरामा आजदेखि दाइँ महोत्सव हुने