पोखरा । स्याङ्जाको वालिङ स्थित गह्रौँ प्राथमिक अस्पतालमा मोतियाविन्दुको शल्यक्रिया सेवा सुरुआत हुने भएको छ । यसका लागि हिमालय आँखा अस्पताल पोखरा र जिल्ला आँखा उपचार केन्द्रका बीचमा मासिक शल्यक्रिया सेवा सञ्चालन सम्बन्धी सम्झौता भएको छ ।
आँखा उपचार सेवालाई विस्तार गरी सक्दो धेरै मानिसको पहुँचमा पु¥याउने उद्देश्यले ती संस्थाबीचमा सहकार्य भएको हो ।
सम्झौतापत्रमा हिमालय आँखा अस्पताल पोखराका प्रा .डा. इलिया श्रेष्ठ र गह्रौँ प्राथमिक अस्पताल वालिङका व्यवस्थापन समितिका अध्यक्ष दिलीपप्रताप खाँणबीच आइतबार पोखरामा सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।
सम्झौता भएको मितिले सुरुमा एक वर्ष र त्यसपछिका वर्षहरुमा सम्झौता अवधि नवीकरण गर्दै लैजाने सहमति दुई पक्षबीच भएको छ । गण्डकी प्रदेशका नागरिकमा आँखाको उपचारसम्बन्धी सहज पहुँच पु¥याउन सकियोस् भन्ने मुख्य उद्देश्यसहित वालिङबाट पनि मासिकरुपमा शल्यक्रिया सेवा दिने तयारी गरिएको हिमालय आँखा अस्पताल पोखराका प्रा .डा. श्रेष्ठले बताए ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
गण्डकी कप महिला फुटबल प्रतियोगिता आगामी असार
प्रथम लायन्स कप अन्तर्राष्ट्रिय भलिबलको तयारी
भर्खरै प्रकाशित