logo
Logo Side Banner

३ सय ८० किलो गाँजासहित दुई जना पक्राउ

News LogoSita 2 बर्ष अगाडि
87 2 minutes read

चितवनमा ३ सय ८० किलो गाँजासहित दुई जना पक्राउ परेका छन्।

भरतपुर महानगरपालिका(१ आँपटारीबाट करिब ३ सय ८० किलो गाँजासहित २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूमा भारत सम्बल बस्ने ४५ वर्षीय अनिल गिरी र सोही ठाउँ बस्ने ३० वर्षीय राजपाल रहेका छन्। जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीले जेएच(०२ डब्लु ९६३१ नम्बरको भारतीय ट्रकलाई जाँच गर्ने क्रममा ट्रकको अगाडि क्याबिनमा फल्स बटम बनाई लुकाई छिपाई २८ वटा पोकामा राखेको उक्त परिमाणको गाँजा फेला पारी चालक अनिल र सहचालक राजपाललाई पक्राउ गरेको हो।  

उनीहरूमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस