logo
Logo Side Banner

अन्तर्राष्ट्रिय चुनौती बन्दै जलवायु परिवर्तन : प्रधानमन्त्री प्रचण्ड

News LogoSita 2 बर्ष अगाडि
87 2 minutes read

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जलवायु परिवर्तन अन्तर्राष्ट्रिय चुनौती बनेको बताउनुभएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोषअन्तर्गत अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाद्वारा आज बुधवार मुस्ताङको जोमसोममा आयोजित जलवायु संवाद कार्यक्रममा उहाँले दक्षिण एसियाको हिमालय पर्वत शृङ्खला वरिपरि देखा परिरहेको जलवायु परिर्वतको असर विशिष्ट र गम्भीर खालको रहेको उल्लेख गर्नुभयो ।

‘जलवायु परिवर्तन हाम्रो राष्ट्रिय समस्या र चुनौती त हुँदै हो, सँगै यो अन्तर्राष्ट्रिय चुनौती पनि हो, विश्वकै समस्या हो’, प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘जलवायु परिवर्तनको जोखिम न्यूनीकरणमा अन्तर्राष्ट्रिय जगतले पर्याप्त लगानी र पहल नलिने हो भने विश्वले गम्भीर मानवीय र प्राकृतिक विपद्को सामना गर्नुपर्ने स्थिति आउँछ ।’

प्रधानमन्त्री ले संयुक्त राष्ट्रसङ्घको भर्खरै सम्पन्न महासभालगायत अन्तर्राष्ट्रिय मञ्चहरूमा जलवायु परिवर्तनले नेपालमा पुर्‍याएको क्षति र सम्भावित जोखिमबारे गम्भीरताका साथ विषय उठाइएको बताउनुभयो । ‘नेपालले झेलिरहेको जलवायु परिवर्तनको समस्याबारे विश्व समुदायको ध्यानाकर्षण भएको छ’, उहाँले भन्नुभयो, ‘आउँदो महिना हुने २८ औँ विश्व जलवायु सम्मेलनमा पनि म आफैँ नेपालको प्रतिनिधित्व गरेर जाँदैछु, त्यहाँ पनि गम्भीरताका साथ यो विषय राख्नेछु ।’

प्रधानमन्त्री प्रचण्डले नेपालमा जलवायु परिवर्तनबाट पुगेको असर र जोखिमबारे बुझ्न छिट्टै संयुक्त राष्ट्रसङ्घका महासचिवको नेपाल भ्रमण हुन लागेको जानकारी पनि दिनुभयो । उहाँले पछिल्लो समय मुस्ताङलगायत हिमाली क्षेत्रमा जलवायु परिवर्तनबाट पुगेको क्षति र जोखिम न्यूनीकरणका लागि अन्तर्राष्ट्रिय सहयोग भित्र्याउन पहल गर्ने बताउनुभयो । उहाँले जलवायु परिवर्तनका क्षेत्रमा काम गर्ने विदेशी दातृ निकायबाट प्राप्त हुने ५० करोड रुपैयाँ मुस्ताङमा खर्च गरिने जानकारी पनि दिनुभयो । 

प्रतिक्रिया दिनुहोस