logo
Logo Side Banner

बझाङ केन्द्रबिन्दु बनाएर भूकम्पको धक्का,बझाङका स्कुल भत्किए,राजमार्ग अवरुद्द

News LogoSita 2 बर्ष अगाडि
87 2 minutes read

सुदूरपश्चिममा आज दिउँसो २ पटक आएको भूकम्पले बझाङमा क्षति पुगाएको छ। जिल्लाको तलकोट र चैनपुर आसपास क्षेत्र केन्द्रबिन्दु बनाएर गएको भूकम्पले संरचनामा क्षति पुगाएको हो।

स्थानीयका अनुसार अहिलेसम्म भूकम्पबाट दुर्गाथली गाउँपालिका, तल्कोट गाउँपालिका, जयपृथ्वी नगरपालिका, खप्तडछान्ना गाउँपालिकाका विभिन्न पुराना सरकारी कार्यालय, विद्यालयहरू र घरहरू भत्किएका छन्। यस्तै जयपृथ्वी राजमार्गको विभिन्न ठाउँमा पहिरो गएर बाटोसमेत अवरुद्द भएको बताइएको छ।

अहिले पनि भूकम्पका पराकम्पन गइरहेको भूकम्प मापन केन्द्र सुर्खेतका कार्यालय प्रमुख बलबहादुर तामाङले  जानकारी दिए।

यस्तै अहिलेसम्म आंशिक क्षति भएपनि मानवीय क्षतिको विवरण नआएको प्रहरीले जनाएको छ। भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार दिउँसो ३ बजेर ६ मिनेटमा ६।३ रेक्टरको भूकम्प बझाङको चैनपुर आसपासमा गएको हो।

केही बेरअघि दिउँसो २ बजेर ४० मिनेटमा बझाङको तल्कोट केन्द्रबिन्दु भएर ५।३ रेक्टर स्केलको भूकम्प गएको थियो।
भूकम्पको धक्का सुदूरपश्चिमका सबै जिल्लामा महसुस गरिएको छ।

प्रतिक्रिया दिनुहोस