headlinesसमाचार

सृजनाको सामाजिक परिक्षण

पोखरा, चैत १६
सृजना विकास केन्द्रको सामाजिक परिक्षण सहित भावी रणनीतिक कार्य भएको छ । सामाजिक संस्थाले वार्षिक रुपमा लेखा परिक्षणसंग संस्थाको प्रभावकारी अनुगम मूल्यांकन कार्यमा सरोकार निकायहरुबाट सुझाव संकलन भएको केन्द्रका अध्यक्ष कृष्णबहादुर थापाले बताए ।
वि.सं. २०३७ देखि निरन्तर स्थानीय टोल हुदै राष्ट्रिय स्तरमा सामाजिक, शैक्षिक, खेलकुदका गतिविधिहरु सहित २०६४ बाट सृजना बालगृह सञ्चालन गर्दै आएको छ । सरकारको मापदण्ड मूल्यांकनका लागि संस्थाको समस्या चुनौतीमा सामाजिक परिक्षण मार्फत दिशानिर्देश गरेको सहजकर्ता निकिता कोइरालाले बताईन् । प्राप्त परिक्षणलाई संस्थाले कार्यान्वयन गर्नुपर्ने बताइयो । कार्यक्रमको शुभारम्भ गर्दै पोखरा महानगरपालिका वडा नं. ८ का अध्यक्ष रुद्रनाथ बरालले संस्थाको गरिमालाई कायम गराउन परिक्षणले महत्वपूर्ण भूमिका रहने बताए । कार्यक्रममा राष्ट्रिय बाल अधिकार परिषदका प्रमुख बद्रीप्रसाद वाग्लेले पोखरा महानगर सामाजिक शाखा बालकल्याण प्रमुख विष्णुकुमारी पौडेलले बालगृहसञ्चालन मापदण्डमा सञ्चालन हुन बालगृहले गर्नुपर्ने काम कर्तव्यका बारेमा सहजीकरण गरेका थिए ।
सृजना विकास केन्द्रका अध्यक्ष कृष्णबहादुर थापाको सभापतित्वमा भएको कार्यक्रममा पोखरा महानगरपालिका वडा नं. १७ का सदस्य शिवराम भण्डारी, सल्लाहकार सभापति गणेशबहादुर अधिकारी, बालगृह समिति संयोजक सोमनाथ बराल, पूर्व अध्यक्ष हरिप्रसाद बराल, इन्द्र पौडेल, जनप्रिय क्याम्पसका प्रमुख लोकराज भण्डारी, सृजना महिला सहकारीका उपाध्यक्ष शारदा गिरी, केन्द्रका प्रथम उपाध्यक्ष कृष्णमान ठुसाजु, महासचिव विश्व श्रेष्ठ लगायतले केन्द्रका विविध गतिविधिमाथि आ आफ्ना धारणा राखेका थिए ।

सम्बन्धित खबर

प्रतिक्रिया दिनुहोस

Back to top button