
लायन्स कलब हिमालयनको २४औँ वार्षिक उत्सवको अवसरमा खुल्ला रक्तदान गरेको छ । क्लवले वार्षिक रुपमा गरीदै आएको रक्तदान कन्या क्याम्पसको सहकार्यमा महिला केन्द्रित रक्तदानमा ३३ युनिट रगत संकलन भएको छ ।
रक्तदानको शुभारम्भ गर्दै कन्या क्याम्पसका प्रमुख सुरेश मानन्धरको रक्तदानको महत्व सगैँ विधार्थी केन्द्रित कार्यक्रमले सकारात्मक सन्देश दिएको र क्यामपस लेवलका आम विधार्थीहरु रक्तदानमा सक्रिय हुनुपर्ने बताए ।
रक्तसञ्चार केन्द्रका प्राविधिक प्रमुख अर्जुन ज्ञवालीले रक्तदान आफ्नै स्वास्थ्यको महत्वपूर्ण कार्यसँगै मानवीय सामाजिक कार्य भएको बताए । कार्यक्रममा सराङ्गकोट बहुउद्देश्यीय यस सहकारी संस्थाका अध्यक्ष कृष्णबहादुर थापाले ७३औँ पटक रक्तदान गरेबापत सम्मान गरिएको थियो ।
क्लबका अध्यक्ष अशोक गुरुङ्गको सभापतित्वमा भएको कार्यक्रममा संस्थापक अध्यक्ष दिनेश शकंर पालिखे, ब्लड डोनेशन कार्यक्रमका डिष्ट्रिक प्रमुख बालकृष्ण न्यौरे, संयोजक कृष्ण माननधर, आकस्मीक रक्तदान यूनिटका सह संयोजक नेत्र ढकाल, मानन्धर समाजका अध्यक्ष इन्द्रकमल मानन्धर, प्रथम उपाध्यक्ष नविन नापित, उपाध्यक्ष कृष्णमान कायस्थ लगाएतले रक्रदानको महत्वमाथि प्रकाश पारेका थिए ।