
जाल्पादेबी महिला उद्दार समुहको रजत बर्षको अवसर पारी तयार पारिएको जाल्पा दर्पणको लोकापर्ण गरीएको छ ।
११३ औ अन्तराष्टिय नारी दिवस को अवसर पारी बिमोचित पुस्तकमा संस्थाको विविध गतिवधि हरु समेटिएको छ । सो पुस्तक को बिमोचन गर्दै पोखरा महानगरपालिका वडा नं ८ का अध्यक्ष रुद्रनाथ बरालले महिलाहरुले सामाजिक कार्यमा खेलेको भुमिका महत्वपुर्ण रहेको बताए ।
जाल्पा दर्पण मार्फत समुहको बिगत र बर्तमान संगै भबिश्यका युवा पिडीलाई अध्यन गर्न सकिने स्मारीका प्रकाशन गरीएको अध्यक्ष राधिका थापाले बताईन । कार्यक्रममा संस्थापक अध्यक्ष शारधा सुवेदी , पुर्व अध्यक्ष विरेन्द्र नायरण विजुक्छे ,जनप्रिय मा.वि का अध्यक्ष पर्शुराम बराल ,सृजना बिकास केन्द्रका उपाध्यक्ष कृष्ण मान ठुसाजु केन्द्र का पुर्व अध्यक्ष हरी प्रसाद बराल , जाल्पा बहुउद्देश्यीय समितिका अध्यक्ष विश्व विजुक्छे , लगायतले नारी दिवसको शुभकामना संगै स्मारीका अध्यान गर्न योग्य भएको बताए ।
समुहको अध्यक्ष राधिका थापाको सभापतित्वमा सुरु भएको कार्यक्रममा स्मारीका प्रकाशन संयोजक पुर्व अध्यक्ष पबित्रा के.सी ,पु र्व अध्यक्ष कान्ती अधिकारी , उपाध्यक्ष दुर्गा अधिकारी , सचिव अमृता गिरी लगायतले समुहको रजत वर्षका भएको गतिबिधि राखेका थिए ।