समाचार

काठमाडौँसहित देशका विभिन्न स्थानमा वर्षा

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । उक्त मौसमी प्रणालीको प्रभावका कारण देशभर बदली हुनाका साथै विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलका अनुसार अहिले देशभर बदली रहनाका साथै काठमाडौँ उपत्यकासहित विभिन्न स्थानमा हल्का वर्षा भइरहेको छ । कर्णाली प्रदेशको डोल्पासहित उच्च हिमाली भेगमा हल्का हिमपात भइरहेको उहाँले जानकारी दिनुभयो । “अहिले देशभर बदली भइरहेको छ, कतिपय उच्च हिमाली भूभागमा हिमपात हुनाका साथै उपत्यकामा पनि वर्षा भएको छ”, उहाँले भन्नुभयो ।

कास्की, पाल्पा र रुपन्देहीमा बिहान हल्का वर्षा भएको थियो । आज पहाडी र हिमाली क्षेत्रका भू–भागमा मौसम बदली रहनाका साथै पश्चिम तराईका क्षेत्रमा मौसम केही खुल्ने देखिएको मौसमविद् पौडेलले बताउनुभयो । बदली र वर्षा भए पनि ठूलो बाढी र पहिराको सम्भावना भने नरहेको उहाँको भनाइ छ ।

महाशाखाकाका अनुसार दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनाका साथै पहाडी भू–भागका थोरै स्थानहरुमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज काठमाडौँको न्यूनतम तापक्रम १० र अधिकतम तापक्रम २६ डिग्री सेल्सियस रहेको छ ।

सम्बन्धित खबर

प्रतिक्रिया दिनुहोस

Back to top button