headlinesविचारसमाचार

रोटरी हेल्थ केयर फाउन्डेसनमा डा. कार्की

रोटरी क्लब अफ पोखरा लेकसाइडको पहल तथा किड्नी केयर सेन्टरको संचालनको लागी रोटरी हेल्थ केयर फाउन्ड.सन स्थापना गरिएको छ ।
सो फाउन्डेसनको अध्यक्षमा डा. विर बहादुर कार्की, संचालकहरुमा गरना थकाली, कृष्ण बहादुर थापा, मिन बहादुर गुरुङ्ग, राममणि पौडेल, हुम बहादुर आले, शोभाकान्त सिग्देल, सुन्दर कुमार श्रेष्ठ, राजन कुमार कुमाल,संस्थागत रुपमा क्लव सदस्य रहेका छन् ।
कम्पनी ऐन नियम अनुसार सामाजिक संस्थाको रुपमा दर्ता गरीएको फाउन्डेसनको माध्यमद्धारा क्लबद्धारा शुरु गरीएको किड्नी केयर सेन्टरलाई पूर्णता सहित स्वास्थ्य सेवा कार्यक्रमहरु गरीने कार्य योजना रहेको अध्यक्ष्य कार्कीले बताए ।
क्लबद्धारा ४ वर्ष देखि पोखरा ७ मा रहेको जग्गामा कम्पाउन्डीङ्ग सहित पहिलो चरणको भवन समेत निर्माण गरीएको छ । क्लबले डायलसिस सेवालाई सुलभ प्रभावकारी बनाउन सदस्यहरुबाटै ६० लाख भन्दा बढी लगानी गरीएको संचालक एंव किड्नी केयर सेन्टरका संयोजक कृष्ण बहादुर थापाले बताए ।
किड्नी तथा अन्य जटिल प्रकारका विरामीलाई दिने डायलसिस सेवालाई प्रतिष्ठानद्धारा संचालन गर्ने गरी कार्ययोजना बनाई सो निर्माणमा सहयोग गर्न विभिन्न निकायहरुसंग पहल भइरहेको कोषाध्यक्ष राममणि पौडेलले बताए ।
क्लबद्धारा संचालन गर्दै क्लबमै सिमित हुँदा मानविय कार्यमा संस्थागत, व्यतिmगत सहभागितामा, आम पोखरेलीहरुका सहभागितामा डायलसिस पूर्ण सेवा दिने, रोटरी किड्नी केयर संचालन गरिने सचिव मिन बहादुर गुरुङ्गले बताए । हाल क्लबमा ३४ जना सदस्यहरु रहेका सहभागिता र सहयोगका लागी प्रतिष्ठानले आह्वान गरीएको छ ।
प्रतिष्ठानको संचालनको लागी संचालकहरुको जिम्मेवारी विभाजित गरिएको छ, अध्यक्ष्यमा डा. विर बहादुर कार्की, उपाध्यक्षमा घरना थकाली, सचिव मिन बहादुर गुरुङ्ग, कोषाध्यक्ष राममणि पौडेल र किड्नी केयर संचालनका लागी कृष्ण बहादुर थापालाई जिम्मेवारी दिएको छ ।

सम्बन्धित खबर

प्रतिक्रिया दिनुहोस

Back to top button