headlinesविचारसमाचार

जलपादेवी महिला उद्धार समूहको प्रशिक्षण

जाल्पादेवी महिला उद्धार समूहद्धारा ३ दिने धुप बनाउने तालिम गरीएको छ । स्थानिय महिलाहरुलाई लक्षित गरि गरीएको तालिममा दैनिक प्रयोगमा आउने विभिन्न प्रकारको धुप बनाउन सिकाइएको अध्यक्ष राधिका थापाले बताइन् ।
सो तालिमको समापन गर्दै पूर्व प्रदेशमन्त्री एंव सभासद विन्दु कुमार थापाले राजनिति सङ्गै सामाजिक कार्यमा लाग्न स्थानिय स्तरका रचनात्मक कार्यक्रमहरुको भूमिका महत्वपूर्ण रहने बताए ।
सृजना विकास केन्द्रका अध्यक्ष कृष्ण बहादुर थापले तालिममा पाएको शिपज्ञानलाई व्यवहारिक दैनिक जिवनमा उतार्नु पर्ने बताए ।
समूहको अध्यक्ष राधिका थापाको सभापतित्वमा भएको कार्यक्रममा जाल्पादेवी टोल सुधार समितिका अध्यक्ष विश्वकुमार विजुक्छे, सृजना महिला सहकारीका अध्यक्ष शुक्ष्मा पहारी, कार्यक्रम संयोजक सकुन्तला गिरी, समुहका संरक्षक सन्तुमाया गिरी, कलावती गिरी, सचिव अमृता गिरी, ललिता के.सी., प्रशिक्षक श्रीमाया श्रेष्ठ, लगायतले आ आफ्नो धारणा राखेका थिए । तालिममा ५५ जना महिलाहरुको सहभागिता रहेको थियो । समुहले यस वर्ष रजत वर्षको रुपमा विविध कार्यक्रमहरु गर्ने भएको छ ।

सम्बन्धित खबर

प्रतिक्रिया दिनुहोस

Back to top button