headlinesमनोरञ्जनसमाचार

मेरिल्याण्ड किड्स मन्टेश्वरी ११ औँ वर्षमा

पोखरा १५ मा स्थापना भएको मेरिल्याण्ड किड्स मन्टेश्वरीको ११ औ वार्षिक उत्सवको अवसरमा विविध कार्यक्रम गरिएको छ ।
मन्टेश्वरीमा कक्षा २ मा अध्यन गर्ने ९५ जना छात्र छात्रा रहेका छन् ।
सो अवसरमा उत्कृष्ट विधार्थीहरुलाई पुरस्कृत गरिनुका साथै विविध प्रतिभाहरुको प्रर्दशनी गरिएको थियो ।
सो कार्यक्रमको शुभारम्भ गर्दै पोखरा १५ को वडा अध्यक्ष तोरण बहादुर बानिँयाले बालबालिकाको शिक्षा, प्रतिभाको शुरुवात मन्टेश्वरी कक्षाबाट हुने हुने हुँदा उचित व्यवहारीक शिक्षामा मन्टेश्वरी विधालयको भूमिका महत्वपूर्ण रहने बताए ।
मन्टेश्वरीका प्रवन्ध निर्देशक कुल प्रसाद सुवेदीको सभापतित्वमा भएको कार्यक्रममा सराङ्गकोट बहुउद्धेश्यीय सहकारी संस्थाका अध्यक्ष कृष्ण बहादुर थापा, बाल अधिकार नेपालका अध्यक्ष गोमा ढकाल, कालिका मा.वि का अध्यक्ष दिपक थापा, बालबालिका प्रोत्साहन अभियान्ता प्रेन्सा रेग्मी, कालिका क्याम्पसका अध्यक्ष ज्योतिबाबु पौडेल, अभिभावक अमृत क्षत्री, मन्टेश्वरीका व्यवस्थापक सिता तिमिल्सिना लगायतले आ आफ्नो धारणा राखेका थिए ।

सम्बन्धित खबर

प्रतिक्रिया दिनुहोस

Back to top button