समाचार
इन्डोनेसियाका राष्ट्रपतिद्वारा डडेलो नियन्त्रणका लागि तयार रहन आग्रह

इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोले बुधबार प्रहरी र सेनाका अधिकारीहरूलाई एल निनो सुक्खा मौसम नजिकिँदै गरेकाले सम्भावित डेडेलोको प्रोकलाई रोक्न तयार रहन आग्रह गर्नुभएको छ ।
राष्ट्रपति विडोडोले चेतावनी दिदै यदि प्रहरी र सुरक्षाकर्मीको लापरबाहीले डडेलोको जोखिम बढेमा वा नियन्त्ण बाहिर गएमा प्रहरी र सेना प्रमुखहरूलाई बर्खास्त गरिने बताउनु भएको छ।
उहाँले जामा प्रहरी र सेनाका नेताहरूसँगको संयुक्त बैठकमा भन्नुभयो, “यदि तपाईंको क्षेत्रमा आगलागी भयो र यसलाई राम्रोसँग सम्हालिएन भने, तपाईंलाई बर्खास्त गरिनेछ।”
मौसम विज्ञान र भूभौतिकी एजेन्सीले सुख्खायाममा यहाँ डडेलोको अत्यन्त जोखिम हुने प्रक्षेपण गरेको छ।