समाचार

रेडियो सराङ्गकोटका प्रवन्ध निर्देशक बस्नेतलाई मातृशोक

रेडियो सराङ्गकोटका प्रबन्ध निर्देशक अर्जुन बहादुर बस्नेतलाई मातृशोक परेको छ । बस्नेतका आमा लेखकुमारी बस्नेतको ८३ वर्षको उमेरमा १३ गते दिउसो निधन भएको उँहाक नाती एवं सराङ्गकोट बहुउद्देश्यीय सहकारी संस्थाका व्यवस्थापक सुरेन्द्र थापाले बताए ।

उँहाको निधन प्रति सराङ्गोट बहुउद्देश्यीय सहकारी संस्था, रेडियो सराङ्गकोट, क्षत्री समाज नेपालले शोक विज्ञप्ति मार्फत बस्नेत परिवारमा धैर्यधारण गर्ने भगवानले प्रदान गरुन भन्ने कामना गरिएको छ । पोखरा बडहरे निवासी बस्नेतका ३ छोरा, १ छोरी रहेका छन् । वृद्ध अवस्था भएपनि समाजसेवामा सकृय रहेकी बस्नेत पछिल्लो समय राममन्दिर ज्येष्ठ नागरिक सेवामा सकृय रहनुभएको थियो ।
बस्नेतको माघ २२ गते चौरासी पूजा र लगत्तै अमेरिका जाने कार्यक्रम रहेको थियो । माघ १३ गते निधन भएपनि कान्छा छोरा नेपाल बाहिर रहेकाले १४ गते दाहसंस्कार गरीने कार्यक्रम रहेको थापाले बताए । बस्नेतका माइला छोरा अर्जुन बहादुर बस्नेत सराङ्गकोट बहुउद्देश्यीय सहकारी संस्थाका पूर्व उपाध्यक्ष, सल्लाहकार, रेडियो सराङ्गकोटका प्रबन्ध निर्देशक, क्षत्री समाज नेपालका केन्द्रिय कोषाध्यक्ष रहेका छन् ।

सम्बन्धित खबर

प्रतिक्रिया दिनुहोस

Back to top button