headlines

गण्डकी अटो मेकानिकल्स ३१ औं वर्षमा

अटो मेकानिकल्सहरुको साझा संस्था गण्डकी अटो मेकानिकल्स एशोसियसनको ३१ औ वार्षिक उत्सब मनाइएको छ ।
वार्षिक उत्सबको अबसरमा आयोजित रक्तदानको गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक भरत बहादुर खत्रीले पहिलो रक्तदाता संस्थाका प्रेस सल्लाहाकार कृष्ण बहादुर थापालाई ब्लड व्याग वितरण सहित शुभारम्भ गर्नुभएको थियो ।
७२ औ पटक रक्तदान गरेका थापाको उदाहरण सहित रक्तदानले स्वास्थ्य सेवा सहित मानविय कार्य हुने डा. खत्रीले बताए । अटोमेकानिकल्स साझा संस्थाको रुपमा विविध सामाजिक कार्यहरु गरीदै आएको अध्यक्ष सन्तोष कुमार मिश्रले बताए ।
कार्यक्रममा अटो मेकानिकल्स महासंघका केन्द्रिय उपाध्यक्ष्य कुल बहादुर नेपाली, प्रदेश अध्यक्ष सन्तकुमार भट्टराई, पश्चिमाञ्चल अटो व्यवसायी संघका अध्यक्ष कृष्ण श्रेष्ठ, रक्तसंचार केन्द्रका प्रमुख अर्जुन ज्ञवाली, पूर्व अध्यक्ष सानुमान जलारी, रेडक्रस सोसाइटी प्रदेश अध्यक्ष सुर्य ढकाल, तालबाराही साप्ताहिकका सुर्य सिकारु एशोसियनका उपाध्यक्ष कृष्ण बहादुर खाँड, मानव अधिकार शान्ति समाजका उप सभापति रामकृष्ण ढुङ्गाना, महासचिव योगेन्द्र राजभण्डारी, कार्यक्रम संयोजक विष्णु अधिकारीले आ आफ्नो धारणा राखेका थिए ।
कार्यक्रममा ३५ यूनिट रगत संकलन सहित सदस्य सचेतना एशोसियसन मार्फत हुने कार्यक्रमहरु मथि छलफल भएको कार्यलय सचिव पार्वती बरालले बताइन ।

सम्बन्धित खबर

प्रतिक्रिया दिनुहोस

Back to top button